खर्लाम खुल्र्लुम सबैले मेरो पक्षमा भोट हाल्नुस् संसद विघटनको संभावना नै रहँदैन – Naya Bikalpa
November 10, 2026, Tuesday      Epaper
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभाको बैठकमा सांसदलाई आग्रह

खर्लाम खुल्र्लुम सबैले मेरो पक्षमा भोट हाल्नुस् संसद विघटनको संभावना नै रहँदैन


नयाँ बिकल्प,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सबै सांसदले आफ्नो पक्षमा भोट हालेमा संसद भङ्ग हुने संभावना नै नरहेको बताएका छन् ।

आफू नेतृत्वको सरकारले विश्वासको मत लिन चाहेको प्रस्ताव सोमबार प्रतिनिधिसभामा पेश भएपछि सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘सांसदहरुलाई कतै यो सदन फेरि विघटन हुने त होइन भन्ने आशंका रहेछ । तपाईँहरु सबैले खल्र्याम खुल्लुम सरकारकै पक्षमा भोट दिएपछि कसले भङ्ग गर्दो रहेछ ? हेरौंत ? सरकारको पक्षमा भोट दिऔं भङ्ग गर्ने बाटो नै नदिऔं न त ।’

उनले आफै सरकारको स्थायित्वको लागि मत नदिने अनि संसद विघटन हुन्छ कि हुँदैन भनेर सोध्ने सांसदलाई विश्वासको पक्षमा मत दिन आग्रह गरे । उनले आफै भिरमा जाने अनि गुरुत्वआकर्षणले गर्दा लडेँ भन्न नमिल्ने तर्क गरे ।

‘मलाई संसदले विश्वास छैन भनेर भनोस, आदेश देओस्, म मार्गप्रसस्त गर्न तयार छु । तर यो सदनको सबैभन्दा ठूलो दलको हैसियतले पनि मैले प्रधानमन्त्री हुने हक राख्छु । तर मैले विश्वासको मत पाउने कुरामा पनि आशंका छ । को को साथिहरु अनुपस्थित हुनुहुन्छ मलाई थाहा छ ।’

आफूलाई मार्ग प्रसस्त गर्न आग्रह गर्ने विपक्षी दलका नेताहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘साथिहरु मार्ग प्रसस्त गर्ने कुरा देशको आवश्यकता र संसदीय गणितबीच कहिले काहीँ फरक हुन सक्छ । संसदको चुनाव घोषणा हुने वित्तिकै सांसदको हत्या भयो भनेर रोइलो गर्नु पर्दैन् । बेलायत, इजरायलमा एक वर्ष भित्रै दुई पटक चुनाव भयो तर त्यहाँ कुनै सांसदले मेरो हत्या भयो भनेनन् ।

सम्बन्धित समाचार

१०औं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा खेलाइने
१०औं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा खेलाइने
  • २०७८ बैशाख २७, १७: २४

सुर्खेत : कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुने निश्चित भएको छ...

नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
नेपाल संवत् र म्हः पूजाको अवसरमा कांग्रेस सभापति थापाद्वारा शुभकामना
  • २०७८ बैशाख २७, १७: २४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २७, १७: २४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको...