राष्ट्रपतिले विपक्षीलाई बाहिर कुराएर ओलीलाई भेट्नुको रहस्यः ओलीको दाबी १५३ सांसद आफ्नो पक्षमा – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

राष्ट्रपतिले विपक्षीलाई बाहिर कुराएर ओलीलाई भेट्नुको रहस्यः ओलीको दाबी १५३ सांसद आफ्नो पक्षमा


नयाँ बिकल्प,
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिम विश्वासको मत प्राप्त गर्न सक्ने बलियो आधारको रुपमा एक सय ५४९ सांसदको हस्ताक्षर बोकेर गएका विपक्षी दलका सांसदलाई नभेटी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकममा भएको छलफलपछि कांग्रेस र माओबादीका नेताले १४९ जना सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर राष्ट्रपति समक्ष दाबी पेश गर्ने समय दिउँसो सवा तीन बजे लिएका थिए ।

पौने ४ बजे राष्ट्रपति कार्यालय आइपुग्ने सूचना राष्ट्रपति विद्यादेवी भण्डारीले पाउना साथ बालुवाटार प्रधानमन्त्रीको सरकारी निवासमा रहेका प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली हतारमा राष्ट्रपति कार्यालय पुगेका थिए ।

कांग्रेस र माओबादीका नेता आफूलाई भेट्न बहुमत सांसदको हस्ताक्षर लिएर आउँदैछन भन्ने थाहा पाएपछि राष्ट्रपति कार्यालयले नै त्यो भन्दा पहिले राष्ट्रपति समक्ष भेटेर बहुमत प्राप्त सांसदको हस्ताक्षर बुझाउने अवसर दिइएको थियो ।

विपक्षी कांग्रेस र माओबादीसहितका नेतालाई समय दिएर राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले झण्डै आधा घण्टा समय भेटेका थिए । स्रोतका अनुसार ओलीले नेकपा एमालेका १२१ र जनता समाजबादी पार्टीका ३२ गरी एक सय ५३ सांसदको हस्ताक्षर बुझाएका थिए ।

ओलीले जसपा संसदीय दलका नेता राजेन्द्र महतो र जसपा अध्यक्ष महन्थ ठाकुरसँग यसअघि बालुवाटारमा बसेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गरे ८ वटा महत्वपूर्ण मन्त्रालय दिने प्रतिज्ञा गरेका थिए ।

राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीसँग झण्डै आधा घण्टा गफिँदा बाहिर प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, सत्तारुढ एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा जसपा नेता महेन्द्र यादवको उपस्थिति थियो ।

सम्बन्धित समाचार

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७८ जेष्ठ ७, १६: ४८

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७८ जेष्ठ ७, १६: ४८

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७८ जेष्ठ ७, १६: ४८

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...