राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन प्रतिगामी भएकाले राजनीतिक र कानूनी प्रतिबाद गरिने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
संसद विघटनबिरुद्ध पाँच दलका नेताको संयुक्त हस्ताक्षर

राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन प्रतिगामी भएकाले राजनीतिक र कानूनी प्रतिबाद गरिने


नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन गर्ने कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै प्रमुख विपक्षी नेपाली कांग्रेससहित ५ राजनीतिक दलका नेताहरुले त्यसबिरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने घोषणा गरेका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार दिउँसो बसेको बसेको बैठकले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा बदनियतपूर्ण तरिकाले प्रतिनिधिसभाको विघटन गरेर नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको निष्कर्ष निकालेको छ ।

बैठकले प्रतिनिधिसभाको निर्वाचन नगराएर आफ्नो निरंकुश सत्ता लम्ब्याउने दूराशयबाट घोषित आमनिर्वाचनले कोरोना संक्रमणको महामारीमा भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलिदिएको ति दलका नेताको ठहर छ ।

बैठकपछि जारी विज्ञप्तिमा कोरोनाको महामारीमा सिंगो राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा संसद विघटन गरेर प्रधानमन्त्रीले अत्यन्तै गैरजिम्मेवार काम गरेको आरोप लगाइएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबिरुद्ध शसक्त ढंगले प्रतिबाद गर्ने निष्कर्ष निकालेको सो बैठकपछि जरी संयुक्त प्रतिवद्धता पत्रमा कांग्रेस सभापति शेरवहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ८, १५: ४०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ८, १५: ४०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ८, १५: ४०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...