राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई खोप उपलब्ध गराइदिन अनुरोध – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई खोप उपलब्ध गराइदिन अनुरोध


नयाँ विकल्प,


काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गरेकी छन्।

मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेकी हुन् । पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएकी छन् ।

कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको बेला यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै हुने भन्दै खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरिएकाे छ । नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ।

राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्। भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो।

त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०७८ जेष्ठ १२, १५: १०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
  • २०७८ जेष्ठ १२, १५: १०

नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...

युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत
युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत
  • २०७८ जेष्ठ १२, १५: १०

काठमाडौं : कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य...