जर्मन सरकारले नेपाललाई दियो ६२ वटा भेण्टिलेटरहित स्वास्थ्य सामग्री – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

जर्मन सरकारले नेपाललाई दियो ६२ वटा भेण्टिलेटरहित स्वास्थ्य सामग्री


नयाँ बिकल्प,

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड साफरले स्वास्थ्य तथा जनसख्या मन्त्री शेरबहादुर तामाङलाई जर्मन सहयोग नियोगमार्फत युरोपियनको नागरिक सुरक्षा सयन्त्र बमोजिम उपलब्ध गराइएको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार बिहान आयोजित एक समारोहबीच राजदूत साफरेल ६२ वटा भेण्टिलेटर, २७ हजार पाँच सय थान एफपीपी टु माक्स, ३० हजार सर्जिकल माक्स मन्त्री तामाङलाई हस्तान्तरण गरेका हुन्।

जर्मन सरकारले एक सय वटा गम बुट, दुई सय वटा शब प्याक गर्ने व्याग, पाँच वटा आइसोलेसन सेन्टर टेण्ट र २५ हजार लिटर निसंक्रमण लिक्विड उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सम्बन्धित समाचार

आजको मौसम: देशका अधिकांश स्थानमा मौसम सफा रहने
आजको मौसम: देशका अधिकांश स्थानमा मौसम सफा रहने
  • २०७८ जेष्ठ २५, १४: २५

काठमाडौं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ जेष्ठ २५, १४: २५

काठमाडौं : आज बुधबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ जेष्ठ २५, १४: २५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...