
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौमा गर्ने भनिएको महाधिवशेन क्रियाशिल सदस्यताको टुंगो नलाग्दा फेरि अनिश्चित बनेको छ। कोभिड १९ संक्रमणको महामारीका कारण निर्धारित समयमा गर्ने भनिएको महाधिवेशन सार्न पदाधिकारीहरुले प्रस्ताव गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बुढानिलकण्ठमा भएको पदाधिकारी र पूर्वपदाधिकारीबीचको अनौपचारिक छलफलले आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति सार्ने प्रस्ताव गरिएको छ।
निर्धारित समयमा क्रियाशिल सदस्यताको नविकरण र नयाँ क्रियाशिल सदस्यता वितरणको कार्य सम्पन्न हुन नसक्दा महाधिवेशनको प्रक्रिया नै अबरुद्ध भएपछि कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति भदौ १६ देखि १९ सम्म पुर्याएको छ।
कोरोना महामारीको समयमा बन्दा बन्दी भएकै कारण असार पहिलो साता गर्ने भनिएको वडा समितिको अधिवेशन पनि सारिएको छ। पदाधिकारी बैठकले वडाको अधिवेशन साउन ६ गतेदेखि गर्ने प्रस्ताव गरेको छ।
यस्तै साउन ११ गते गाउँ÷नगर अधिबेशन, साउन १६ गते प्रदेस निर्वाचन क्षेत्र ,साउन २० प्रतिनिधि सभा निर्वाचन क्षेत्र, साउन २४ गते जिल्ला अधिबेसन र प्रेदस अधिबेशन भदौ १ गते गर्ने गरी केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने निर्णय पदाधिकारी बैठकले गरेको थियो।
पार्टी पदाधिकारी बैठकले क्रियाशिल सदस्यताको नाम अद्यावधिक गर्ने र नाम फाईनल गरेर असार २० गतेसम्म टुंगोमा पुर्याएर सभापति शेरबहादुर देउवासमक्ष स्वीकृतिको लागि पठाइसक्ने सहमति भएको छ। यतिवेला रमेश लेखक संयोजक रहेको सदस्यता छानबिन समितिले छानबिन कार्य गरिरहेको छ।
यसको लागि पार्टी केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाएका छन्।
केन्द्रीय कार्यसमिति बैठक पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...