क्रियाशिल सदस्यताको टुंगो नलाग्दा कांग्रेस महाधिवेशन भदौ १६–१९ मा गर्ने प्रस्ताव, केन्द्रिय समित बैठक असार ३ मा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

क्रियाशिल सदस्यताको टुंगो नलाग्दा कांग्रेस महाधिवेशन भदौ १६–१९ मा गर्ने प्रस्ताव, केन्द्रिय समित बैठक असार ३ मा

फाइल फाेटाेः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पाैडेल


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौमा गर्ने भनिएको महाधिवशेन क्रियाशिल सदस्यताको टुंगो नलाग्दा फेरि अनिश्चित बनेको छ। कोभिड १९ संक्रमणको महामारीका कारण निर्धारित समयमा गर्ने भनिएको महाधिवेशन सार्न पदाधिकारीहरुले प्रस्ताव गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बुढानिलकण्ठमा भएको पदाधिकारी र पूर्वपदाधिकारीबीचको अनौपचारिक छलफलले आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति सार्ने प्रस्ताव गरिएको छ।

निर्धारित समयमा क्रियाशिल सदस्यताको नविकरण र नयाँ क्रियाशिल सदस्यता वितरणको कार्य सम्पन्न हुन नसक्दा महाधिवेशनको प्रक्रिया नै अबरुद्ध भएपछि कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति भदौ १६ देखि १९ सम्म पुर्याएको छ।

कोरोना महामारीको समयमा बन्दा बन्दी भएकै कारण असार पहिलो साता गर्ने भनिएको वडा समितिको अधिवेशन पनि सारिएको छ। पदाधिकारी बैठकले वडाको अधिवेशन साउन ६ गतेदेखि गर्ने प्रस्ताव गरेको छ।

यस्तै साउन ११ गते गाउँ÷नगर अधिबेशन, साउन १६ गते प्रदेस निर्वाचन क्षेत्र ,साउन २० प्रतिनिधि सभा निर्वाचन क्षेत्र, साउन २४ गते जिल्ला अधिबेसन र प्रेदस अधिबेशन भदौ १ गते गर्ने गरी केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

पार्टी पदाधिकारी बैठकले क्रियाशिल सदस्यताको नाम अद्यावधिक गर्ने र नाम फाईनल गरेर असार २० गतेसम्म टुंगोमा पुर्याएर सभापति शेरबहादुर देउवासमक्ष स्वीकृतिको लागि पठाइसक्ने सहमति भएको छ। यतिवेला रमेश लेखक संयोजक रहेको सदस्यता छानबिन समितिले छानबिन कार्य गरिरहेको छ।

यसको लागि पार्टी केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाएका छन्।

केन्द्रीय कार्यसमिति बैठक पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७८ जेष्ठ ३०, १३: ४२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ जेष्ठ ३०, १३: ४२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ जेष्ठ ३०, १३: ४२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...