
नयाँ बिकल्प,
काठमाडौं । नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुन १३ अर्थात जेठ ३० गते भएको निर्वाचन प्रक्रिया र मत परिणामप्रति असन्तुष्टि जनाउँदै आएको नेपाल प्रेस युनियनले महासंघको बेग्लै समिति घोषणा गरेको छ।
समितिको अध्यक्षमा बिपिन निरौला, बरिष्ठ उपाध्यक्षमा संजयभक्त कँडेल, उपाध्यक्षमा एभरेष्ट गौतम, महासचिवमा कर्मा पहाडी, कोषाध्यमा बिमला लिम्बु, कार्यसमिति सदस्यमा खुसी लिम्बु र मन्दिप केसी रहेका छन्।
यसअघि प्रेस युनियन युराेप शाखा संयोजक संजय कँडेल र बेलायत शाखा संयोजक बिपिन निरौलाले संयुक्त रुपमा सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे ९ मा शाखाको कार्यसमितिको पुर्ण बैठकले गरेको निर्णय विपरीत निर्वाचन प्रक्रिया र पोस्टल भोटिङको परिणामले आफूहरुले गरेको आशंकालाई पुष्टि गरेको बताएका थिए।
उनीहरुले सो मत परिणामलाई अस्वीकार गर्ने निर्णय गरेको समेत बताएका थिए।
ध्रुववराज अर्यायललाई एकलौटी रुपमा घोषणा गरिएको कमिटी अवैधानिक र धाँधलीपुर्ण निर्वाचनबाट आएकाले यसलाई मान्यता नदिन बेलायतवासी नेपाली समुदाय तथा संघसस्थाहरुलाई पनि उनीहरुले अपिल गरेका छन्।
शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर, निर्वाचन समिति संयोजक तथा उनका नातेदार रमेश सिंह साराङकोटी, समिति सदस्य तथा महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोखरेल र पूर्वअध्यक्ष तथा समिति सदस्य चिरन शर्माको मिलोमतोमा व्यापक धाँधली गरि पूर्वनिर्धारित योजना अनुसार परिणाम सुनाइएको आरोप उनीहरुले लगाएका छन्।
निर्वाचन समिति संयोजक साराङकोटीले एकल रुपमा पोस्टल भोट घरमा बुझ्ने र मतदाता पत्रकारहरु क कसको भोट पाएको वा नपाएको बारेमा जानकारी गराउने गरेको स्वयम् उनले स्वीकार गरेको बताइएको छ।
निरौला र कँडेलद्धारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा ‘निर्वाचन प्रक्रिया नै फेस नगरी दुई पटक जालझेलपूर्ण कार्य गरी अध्यक्ष भएका निवर्तमान अध्यक्ष खपांगी मगरको षडयन्त्रलाई हामी पर्दाफास गर्दै आगामी दिनमा सत्य तथ्य बेलायतवासी नेपाली समुदायहरु र नेपाल पत्रकार महासंघ केन्द्रमा जानकार गराउने नै छौ’ भनिएको छ।
पोस्टल भोटिङलाई धाँधली गर्न र पत्रकार मतदातालाई प्रभाब पार्न निर्वाचन समिति सदस्यद्वय पोखरेल र शर्माको फोन डिटेल जाँचबुझ गर्न निष्पक्ष छानविन समिति गठन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष बिपुल पोखरेल र उनको केन्द्रीय समिति समक्ष उनीहरुले माग समेत गरेका छन्।
ह्यारोस्थित एक नेपाली रेष्टुरेन्टमा उपस्थित केही एनआरएनएका व्यक्तिहरुको साथमा निर्वाचन समिति सदस्य पोखरेल र शर्मालगायतको गोप्य बैठकको सिसिटिभि फुटेज मगाएर छानविन गरि षडयन्त्रको पर्दाफास गर्न युनियले जोडदार माग गरेको छ।
सो स्थान र समयको बारेमा केन्द्रिय अध्यक्ष र केन्द्रिय प्रतिनिधिलाई प्रमाणसहित उजुरी पठाईसकिएको भन्दै युनियनले केन्द्रीय निर्वाचन प्रतिनिधिका रुपमा रहेका वरिष्ठ पत्रकार भगीरथ योगीलाई निर्वाचन निष्पक्ष हुन नसकेको उजुरीका बारेमा केन्द्रलाई जानकारी गराउन चेतावनी दिएको छ।
कसैको दवाव र धम्कीमा नआई निष्पक्ष निर्वाचन हुन नसकेको प्रतिवेदन जस्ताको तस्तै पठाउन आग्रह गर्दै उनीहरुले अन्यथा अझ कडा र सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन् ।...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोबाट विस्थापित भएका नागरिकको पुनर्स्थापना प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।...
काठमाडौं : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका...