
नयाँ बिकल्प,
काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विभिन्न पाँच विद्यार्थी संगठनहरुले विहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन्।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले सरकारका सबै जनबिरोधी गतिविधि लगायत मूल्यबृद्धीबिरुद्ध विरोध प्रदर्शनमा उत्रिन लागेको तिमल्सिनाले बताए।
सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दूरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको संघका महामन्त्री तिमल्सिनाले जानकारी दिए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...