कुशासन,भ्रष्टाचार र मूल्यबृद्धीविरुद्ध विद्यार्थी संगठनहरुले आज प्रदर्शन गर्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कुशासन,भ्रष्टाचार र मूल्यबृद्धीविरुद्ध विद्यार्थी संगठनहरुले आज प्रदर्शन गर्ने


नयाँ बिकल्प,

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विभिन्न पाँच विद्यार्थी संगठनहरुले विहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन्।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले सरकारका सबै जनबिरोधी गतिविधि लगायत मूल्यबृद्धीबिरुद्ध विरोध प्रदर्शनमा उत्रिन लागेको तिमल्सिनाले बताए।

सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दूरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको संघका महामन्त्री तिमल्सिनाले जानकारी दिए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १०, १४: ०२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १०, १४: ०२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १०, १४: ०२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...