संसदीय सुनुवाइ विना नै राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

संसदीय सुनुवाइ विना नै राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

नयाँ विकल्प,


काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । लोकसेवा आयोगको अध्यक्षमा नियुक्त माधव रेग्मी नियुक्त भएका छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हरि पौडेल सुमित्रा श्रेष्ठ, सदस्य नियुक्त भएका छन् ।

लोकसेवा आयोगमा माधवप्रसाद रेग्मी, अध्यक्ष माधव बेल्बासे,वीरबहादुर राई ,दिनेश सिलवाल, मञ्जुकुमारी, सदस्य नियुक्त भएका छन् । निर्वाचन आयोगकाे सदस्यमा सगुनशम्शेर जबरा, तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, सदस्य नियुक्त भएका छन् ।

राष्ट्रिय महिला आयोगमा जया घिमिरे,सावित्राकुमारी शर्मा, सुन्दर पुर्कोटी, सदस्य नियुक्त भएका छन् । राष्ट्रिय समावेशी आयोगकाे अध्यक्षमा रामकृष्ण तिमल्सेना, तथा पुष्पराज तिमिल्सिना,मानप्रसाद खत्री, सदस्य नियुक्त भएका छन्।

आदिवासी जनजाति आयोगकाे सदस्यमा सुर्यबहादुर गुरुङ, मधेसी आयोगकाे सदस्यमा आभाकुमारी, थारु आयोगकाे सदस्यमा उमाशंकर प्रसाद चौधरी, शान्ति मोदी, सदस्य नियुक्त भएका छन् ।

मुस्लिम आयोगमा मोहम्मद समशुल हक, सदस्य नियुक्त भएका छन् ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
  • २०७८ असार १०, १६: ५९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन् ।...

विपद्पीडितको पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह
विपद्पीडितको पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह
  • २०७८ असार १०, १६: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोबाट विस्थापित भएका नागरिकको पुनर्स्थापना प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।...

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
  • २०७८ असार १०, १६: ५९

काठमाडौं : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका...