नारायणगढ–मुग्लिन सडक खण्डमा तीनदेखि निरन्तर पहिरो – Naya Bikalpa
November 24, 2026, Tuesday      Epaper

नारायणगढ–मुग्लिन सडक खण्डमा तीनदेखि निरन्तर पहिरो

नयाँ विकल्प

काठमाडाै‌- निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिरोले सडक अवरुद्ध रहेको हो।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए। त्यसपछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो।

नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो। उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो। पहिलो पटक यहाँ पहिरो खसेको हो।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ।

पहिरो रोकिएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ। चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो। सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउँछन्। मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ। सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए। सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन्। ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उनले जानकारी दिए।

शुक्रबार विवाहका लागि हिँडेका बेहुलाहरुको बिचल्ली परेको सामूहिक तस्विरहरु सार्वजनिक भएका थिए। यसैगरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको छ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
  • २०७८ असार १९, ०९: २७

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन्...

सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश
सरकारदेखि आफ्नै पार्टीसम्म कांग्रेस सभापति गगन थापाको कडा सन्देश
  • २०७८ असार १९, ०९: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
  • २०७८ असार १९, ०९: २७

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...