
नयाँ विकल्प
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले दबाब दिएका छन्। विस २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन्।
समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौँ क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए। महर्जन चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडा अध्यक्षसमेत हुन्। उक्त दबाबले नेकपा एमाले टुटफुट नभई एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास उनले लिएका छन्।
चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा १५ वडा छन्। चन्द्रागिरिमा स्थानीय तहको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।
काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...
हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...
काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...