
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारमा तीन घण्टा बसेसम्म मंगलबर बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको विवाद समाधान कार्यदलका एक सदस्यले जानकारी दिए ।
बैठकमा अब बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो ।
माधव नेपाल पक्षले निःसर्त रुपमा पार्टीलाई २०७५ सालको जेठ २ गते अघिकै संरचना र सङ्गठनमा लैजानुपर्ने र सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर अदालतकै आदेशअनुसार नै हुने अडान लिएको छ ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।
विवाद समाधान कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहको तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारलाई पाँच वर्षसम्म निर्वाध रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताएका छन् ।...
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...