कांग्रेस नेता सिटौलाद्धारा आफू पक्षीय नेताहरुलाई १४ औं महाधिवेशको तयारीमा जुट्न निर्देशन – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

कांग्रेस नेता सिटौलाद्धारा आफू पक्षीय नेताहरुलाई १४ औं महाधिवेशको तयारीमा जुट्न निर्देशन

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेससका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशन लागि आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् ।


मंगलबार बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा सिटौलाले महाधिवेशन लागि तयारीमा जुट्न आफु पक्षीय नेताहरुलाई आग्रह गरेको हुन् ।


सिटौलाले आफु स्वभाविक रुपमा सभापतिको उम्मेदवार भएको बताए । १३ औं महाधिवेशनभन्दा अहिले क्षमता​ बढेकाले आफु पक्षका नेता कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका हुन्।


छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधानलगायत उपस्थित थिए ।

सिटौला निकट भ्रातृ संस्थाका पदाधिकारीहरु सहभागि थिए । सिटौला समूहका केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल भने छलफलमा सहभागी थिएनन् ।

वर्तमान सभापति शेरबहादुर देउवासहित करिब आधा दर्जन नेताहरुले सभापतिको दाबेदारी प्रस्तुत गरेपछि सिटौला पनि आन्तरिक छलफल जुटेका हुन् ।

उनले सार्वजनिक रुपमा सभापतिमा दाबेदारी प्रस्तुत नगरे पनि आन्तरिक रुपमा भने आफू स्वभाविक सभापतिको उम्मेदवार रहेकोे बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
  • २०७८ असार २२, २२: १५

नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा...

भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
  • २०७८ असार २२, २२: १५

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन...

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०७८ असार २२, २२: १५

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...