
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेससका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशन लागि आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् ।
मंगलबार बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा सिटौलाले महाधिवेशन लागि तयारीमा जुट्न आफु पक्षीय नेताहरुलाई आग्रह गरेको हुन् ।
सिटौलाले आफु स्वभाविक रुपमा सभापतिको उम्मेदवार भएको बताए । १३ औं महाधिवेशनभन्दा अहिले क्षमता बढेकाले आफु पक्षका नेता कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका हुन्।
छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधानलगायत उपस्थित थिए ।
सिटौला निकट भ्रातृ संस्थाका पदाधिकारीहरु सहभागि थिए । सिटौला समूहका केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल भने छलफलमा सहभागी थिएनन् ।
वर्तमान सभापति शेरबहादुर देउवासहित करिब आधा दर्जन नेताहरुले सभापतिको दाबेदारी प्रस्तुत गरेपछि सिटौला पनि आन्तरिक छलफल जुटेका हुन् ।
उनले सार्वजनिक रुपमा सभापतिमा दाबेदारी प्रस्तुत नगरे पनि आन्तरिक रुपमा भने आफू स्वभाविक सभापतिको उम्मेदवार रहेकोे बताउँदै आएका छन् ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...