बहुमत सांसदकाे उपस्थितिमा जसपाकाे भट्टराई-यादव पक्षले संसदीय दलको विधान पारित गर्याे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बहुमत सांसदकाे उपस्थितिमा जसपाकाे भट्टराई-यादव पक्षले संसदीय दलको विधान पारित गर्याे


नयाँ विकल्प,


काठमाडाैं-जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतले पारित गरेको छ।

विधान पारित गरेसंगै जसपाले दलको अर्को बैठकबाट संसदीय दलको नेता चयन गर्ने जनाएकाे छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर विधान पारित गरेका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा जसपाका २० जना सांसद सत्तापक्षको कुर्सीमा बसेको थिए। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने विपक्षको कुर्सीमा बसेको थियो।

प्रतिनिधिसभामा जसपाका ३२ सांसद छन्। राष्ट्रिय सभामा तीन सांसद छन्। बैठकमा दुई दर्जन सांसदको उपस्थिति भएको भट्टराई-यादव पक्षको दाबी छ।

संसदीय दलकाे नेता चयनपछि जसपाले सरकारकामा सहभागि हुने मन्त्रीकाे नाम टुङ्गाे लगाउने बताइएकाे छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण ५, १५: ३९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण ५, १५: ३९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण ५, १५: ३९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...