
नयाँ विकल्प,
काठमाडाैं-जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतले पारित गरेको छ।
विधान पारित गरेसंगै जसपाले दलको अर्को बैठकबाट संसदीय दलको नेता चयन गर्ने जनाएकाे छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर विधान पारित गरेका हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा जसपाका २० जना सांसद सत्तापक्षको कुर्सीमा बसेको थिए। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने विपक्षको कुर्सीमा बसेको थियो।
प्रतिनिधिसभामा जसपाका ३२ सांसद छन्। राष्ट्रिय सभामा तीन सांसद छन्। बैठकमा दुई दर्जन सांसदको उपस्थिति भएको भट्टराई-यादव पक्षको दाबी छ।
संसदीय दलकाे नेता चयनपछि जसपाले सरकारकामा सहभागि हुने मन्त्रीकाे नाम टुङ्गाे लगाउने बताइएकाे छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...