पाँचथर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै रहेका छन् ।
त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताहरु भने महिला र पुरुष दुबै छन् ।
प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मीहरु पनि महिला नै रहेका छन् ।
पाँचथरको त्यस केन्द्रलाई नमूना मतदान केन्द्र मानिएको छ ।
नमूना निर्वाचनका रुपमा ती दुवै केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएको केसीले बताए । १ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथर जिल्लामा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको हो ।
ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।
जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत छन् । त्यस्तै २९ जना महिला सहायक मतदान अधिकृत खटिएका छन् । जम्मा १०३१७ जना कर्मचारीमध्ये २८९ जना महिला कर्मचारी रहेको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले बताए ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्।...
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै...