
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्ने भन्दै संस्थापन इतर समूह नेताहरुले साझा धारणा तय गरेका छन् ।
सोमबार महामन्त्री शशांक कोइराला निकटका केन्द्रिय सदस्यहरुको बैठकले तोकिएकै मितिमा १४ औं महाधिवेशन सम्पन्न गर्ने साझा धारणा बताएका हुन् ।
कोइराला निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शिर्ष २४ जना नेताहरुले तोकिएको समयमा महाधिवेशन हुनु पर्नेमा जोड दिएका हुन् ।
आज बिहिन सामाजिक सञ्चालमार्फत महाधिवेशन तोकिएको समयमा नहुँने निश्चित भएपछि संस्थापन इतर समूहमा रहेका बरिष्ठ नेता पौडेल चिढिएका थिए ।
देशको संविधानलाई समातेर छ महिना बढाएपनि समयमै महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने स्थितीमा पुगेकाले अब समयमै महाधिवेशन गराउनुपर्नेमा महामन्त्री कोइराला निवासमा बसेको बैठकले निष्कर्ष निकालेको हो ।
महाधिवेशको वैधानिकता माथि प्रश्न चिन्ह खडा हुने भएकाले यसअघि पनि इतर समूहमा नेताहरुले भदौमा महाधिवेशन हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिँदै आए ।
१४ औं महाधिवेशन सार्ने तयारी स्वीकार्य हुन नसक्ने भन्दै बैठकमा नेताहरु शेखर कोइराला,रामशरण महत, अर्जुननरसिह केसी,मिनेन्द्र रिजाल, गंगन थापा लगाएतका उपस्थिती थियो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...