भारतको हिमाञ्चलमा पहिरो खस्दा ११ जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भारतको हिमाञ्चलमा पहिरो खस्दा ११ जनाको मृत्यु

नयाँ विकल्प,

दिल्ली – माटो र ढुंगाको ढिक्कासहितको पहिरो खस्दा भारतको हिमाञ्चल प्रदेशस्थित किनौरमा ११ जनाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह खसेको पहिरोमा परी ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

पियो सिमला राजमार्गमा पहिरो खस्दा सरकारद्वारा संचालित बस, ट्रक र केही कार पुरिएका छन् । सिमलातर्फ गइरहेको उक्त बसमा ४० जना यात्रु रहेको जनाइएको छ ।

पहिरोमा २५ देखि ३० जना फसेका छन् । उद्दार गरिएका १० जना यात्रुलाई अस्पताल भर्ना गरिएको छ ।

उद्दारका लागि २०० भन्दा बढी सुरक्षाकर्मीलाई भारत–चीन सीमावर्ती क्षेत्रमा पठाइएको छ ।

आज रातभर समेत उद्दार कार्य निरन्तर रहने जनाइएको छ ।

मुख्यमन्त्री जयराम ठाकुरले राष्ट्रिय आपतकाल कार्यदलको बैठक बोलाएका छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ श्रावण २७, १९: ४८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ श्रावण २७, १९: ४८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ श्रावण २७, १९: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...