अफगानिस्तानमा सरकारी सेना भन्दा तालिबान बलियो बन्दै – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अफगानिस्तानमा सरकारी सेना भन्दा तालिबान बलियो बन्दै


नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै गएको छ ।

तालिबानले अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिहीवार तालिबानले निकै रणनीतिक महत्त्वको मानिएको गजनी सहरलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुल जोड्ने मुख्य मार्गमा पर्ने गजनी सहर नै नियन्त्रणमा लिएपछि तालिबानलाई काबुल नियन्त्रण गर्न सहज हुन सक्ने खबरमा उल्लेख गरिएको छ ।

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किएसँगै तालिबान बलियो अवस्थामा पुगेको छ भने सरकारी सुरक्षा फौज नाजुक बन्दै गएको छ । विद्रोहीहरू दिनदिनै प्रान्तीय राजधानी नियन्त्रण गर्दै अघि बढेका छन् र उनीहरूलाई रोक्न सरकारी सुरक्षा फौजलाई मुस्किल परिरहेको छ ।

संयुक्त राष्ट्र सङ्घका अनुसार गएको महिनामात्रै अफगानिस्तानमा एक हजार जना सर्वसाधारण मारिएका छन् । लाखौँ नागरिक घर छाडेर सुरक्षित ठाउँतर्फ गइरहेका र कतिपय भोकभोकै रहेको पनि खबरमा उल्लेख छ ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७८ श्रावण २८, २०: ०२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७८ श्रावण २८, २०: ०२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७८ श्रावण २८, २०: ०२

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...