कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले बुझाए सभापति देउवालाई सामूहिक राजीनामा (सूचीसहित) – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले बुझाए सभापति देउवालाई सामूहिक राजीनामा (सूचीसहित)

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित २२ केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ । २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरु :

१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४.गोरख (आनन्द) विष्ट
५.नरेन्द्रकुमार चौधरी
६.हसन अन्सारी
७.किरणराज शर्मा पौडेल
८.रमा कोइराला पौडेल
९.कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११.सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४.मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७.दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर ९विश्व० गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२.राजेश बहादुर सिंह

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण २९, २०: २५

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण २९, २०: २५

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण २९, २०: २५

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...