प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गदै केन्द्रीय कमिटी बैठक सम्पन्न, – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गदै केन्द्रीय कमिटी बैठक सम्पन्न,

नयाँ विकल्प,

काठमाडौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गर्दै आइतबार सकिएको छ ।

आज बसेको बैठकले प्रचण्डका दुवै प्रतिवेदन पारित गर्दै पार्टीलाई गाउँ–गाउँसम्म पर्याउने निर्णय गरेको हो ।

राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने समेत निर्णय गरेको छ ।

गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल सञ्चालनका लागि सहयोग गर्ने समेत बैठकले निर्णय हो ।

यस्तै पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ श्रावण ३१, २१: ३८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ श्रावण ३१, २१: ३८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ श्रावण ३१, २१: ३८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...