सभापति देउवाले लिए २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सभापति देउवाले लिए २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरिएका छन् ।

आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएको बताए ।

देउवाको भनाइ उद्धृत गर्दै एक आमन्त्रित केन्द्रीय सदस्य पौडेल भने, तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।

राजीनामा दिनेमा आमन्त्रित सदस्यहरू नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी र मनोहरनारायण श्रेष्ठ थिए ।

यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेक प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी काँग्रेसमा २२ जनाले आमन्त्रित केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

उनीहरू सबैको राजीनामा फिर्ता भएको सभापति देउवालाई बताएका हुन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ श्रावण ३१, २२: २०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ श्रावण ३१, २२: २०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ श्रावण ३१, २२: २०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...