
नयाँ विकल्प,
वीरगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित फार्मेसीमा छापा मारेको छ ।
२०७४ सालदेखि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितता भएको भन्दै अख्तियारको हेटौंडास्थित कार्यालयको टोलीले छापा मारेको हो ।
सोमबार अख्तियारको हेटौंडा कार्यालयका उपसचिव विष्णु सापकोटासहित ५ सदस्यीय टोली सोमबार नारायणी अस्पताल पुगेको थियो ।
टोलीले फार्मेसीको स्टोरमा रहेको औषधिको मौज्दात जाँच गरेर सिलबन्दी गरेको छ ।
औषधि खरिद, बिक्री, भुक्तानीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको छ ।
फार्मेसीको स्टोरमा २ सय ९ प्रकारका औषधि रहेको र अधिकांश म्याद गुज्रेको पाइएको अख्तियारको टोलीले जनाएको छ ।
अस्पतालको फार्मेसीमा लाखौं मूल्यको म्याद नाघेका औषधि समेत पाइएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...