पार्टी दर्ता प्रक्रिया फिर्ता लिए कारबाही फिर्ता हुन्छ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
नेपाल समूहलाई भुल्याउने ओलीको अर्को प्रस्तावः

पार्टी दर्ता प्रक्रिया फिर्ता लिए कारबाही फिर्ता हुन्छ



नयाँ बिकल्प ।


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजबादी पार्टी निर्वाचन आयोगमा दर्ता निवेदन दिएका नेता माधवकुमार नेपाल समूहलाई पार्टी दर्ता प्रक्रिया फिर्ता गरे कारबाही रोकिने नयाँ प्रस्ताव गरेका छन्।

नयाँ पार्टी दर्ता प्रक्रियामा नेता नेपाल अगाडि बढेपछि उनीपक्षधर भनिएका तर पार्टी दर्ता प्रक्रियामा सहभागी नभएका तेस्रो धारका नेताहरुसँग सोमबार भएको वार्तामा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

पार्टी एकता जोगाउन आफू सकारात्मक रहेको भन्दै ओलीले पार्टीहित विपरित गतिविधि त्यागेर नयाँ दल दर्ता प्रक्रिया औपचारिक ढंगले फिर्ता गरे कारबाही प्रक्रिया रोकिने भन्दै नेपाल समूहले निर्वाचन आयोगमा गरेको दल दर्ता प्रक्रिया भुल्याउन खोजेका छन्।

ओेली र नयाँ दल दर्ता प्रक्रियाबाट पछि हटेका नेपाल निकट नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ मा फर्किने सहमति भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र ७, १८: २५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र ७, १८: २५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र ७, १८: २५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...