
नयाँ बिकल्प ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजबादी पार्टी निर्वाचन आयोगमा दर्ता निवेदन दिएका नेता माधवकुमार नेपाल समूहलाई पार्टी दर्ता प्रक्रिया फिर्ता गरे कारबाही रोकिने नयाँ प्रस्ताव गरेका छन्।
नयाँ पार्टी दर्ता प्रक्रियामा नेता नेपाल अगाडि बढेपछि उनीपक्षधर भनिएका तर पार्टी दर्ता प्रक्रियामा सहभागी नभएका तेस्रो धारका नेताहरुसँग सोमबार भएको वार्तामा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।
पार्टी एकता जोगाउन आफू सकारात्मक रहेको भन्दै ओलीले पार्टीहित विपरित गतिविधि त्यागेर नयाँ दल दर्ता प्रक्रिया औपचारिक ढंगले फिर्ता गरे कारबाही प्रक्रिया रोकिने भन्दै नेपाल समूहले निर्वाचन आयोगमा गरेको दल दर्ता प्रक्रिया भुल्याउन खोजेका छन्।
ओेली र नयाँ दल दर्ता प्रक्रियाबाट पछि हटेका नेपाल निकट नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ मा फर्किने सहमति भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...