पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग

नयाँ विकल्प,

काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेको हो ।

अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्ने पार्टी अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

केही समय अघिदेखि लगातार हरेक चीजमा मूल्य वृद्धि हुँदै आएको छ । त्यसमाथि अहिलेको यो मूल्यवृद्धिले पेट्रोलियम पदार्थमा आधारित वस्तु तथा सेवाहरूमा मूल्यवृद्धि भएको छ ।

यसको प्रभाव समग्र आर्थिक क्षेत्रहरूमा पर्नेछ । त्यसबाट दैनिक उपभोग्य वस्तु, सेवा, उद्योग, व्यापार, व्यवसाय आदि सबै क्षेत्रहरूमा मूल्य वृद्धि हुनेछ ।

कोरोना भाइरसको प्रकोप र त्यसको रोकथामका लागि भएको लकडाउनका कारणले समग्र आर्थिक क्षेत्र र जनसाधारणको जनजीवन अत्यन्त कष्टपूर्ण बनेको छ ।

यो स्थितिमा सरकारले कोभिडको नियन्त्रण र जनजीवनलाई प्राथमिकतामा राख्नु पर्दछ । तर यो मूल्य वृद्धिले तिनीहरूमा नै नकारात्मक प्रभाव परेको छ । विज्ञप्तिमा भनिएको छ

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ भाद्र ८, २२: ४१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ भाद्र ८, २२: ४१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ भाद्र ८, २२: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...