जनगायक जेवी टुहुरेको निधनः आजै अन्त्येष्टि – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

जनगायक जेवी टुहुरेको निधनः आजै अन्त्येष्टि


काठमाडौं

जनगायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को आज निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पताल बल्खुमा उपचारका क्रममा बिहीबार विहान निधन भएको हो।

भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएपनि मस्तिस्कमा रगत जमेको र हातखुट्टा नचलेका कारण १० देखि अचेत अवस्थामा उपचार भइरहेको थियो। मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन नसकेको पारिवारिक श्रोतले बतायो।


दोस्रो संविधानसभामा तत्कालिन नेकपा एमाओबादी केन्द्रको तर्फबाट सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि शव यात्रा गरिँदैछ।

को हुन् जेबी टुहुरे ?

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी सानैदेखि गीत गाउनमा पोख्त थिए। २०२१ मा पिता कृष्णबहादुर खड्गीको निधन पछि उनले आफ्नो पहिचान नै बदल्दै जेबी टुहुरे भनेर चिनिए।


२०२२ देखि नै वामपन्थी बिचारधाराप्रति झुकाव राख्ने टुहुरेले २०२४ सालदेखि प्रगतिशिल गीत भन्दै जनताका गीत गाउन थालेका थिए। उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई सुखकाे सँधै प्यासी बनेर’ भन्ने गीत निकै चर्तित र लोकप्रीय छ।

उनले गाएको अर्को गीत ‘बसाईं हिँडेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौंको लागि उजाड छ, यो देश मुठ्ठी त भरलाई स्वर्ग छ’ जस्ता कालजयी गीतका श्रष्टा टुहुरे समाजका हरेक शोषित पीडित समुदायको भावना र भोगाई प्रतिविम्वित हुने गीतहरु गाउँथे।

राजनीतिक रुपमा उनको आवद्धता २०४७ सालसम्म नेकपा माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो। दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार हुन्।


२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ। फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् । टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन्।


लामो समय मालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गरेका टुहुरे २०४० देखि ५०को दशकमा झापा, मोरङ, सुनसरी, मुलुकको पूर्वीपहाडी जिल्ला र राजधानी काठमाडौंका धेरै ठाउँमा सांस्कृतिक कार्यक्रम गरेर जन जनमा प्रीय र लोकसंगीतका पारखीको ढुकढुकी बनेका थिए।


जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए। टुहुरे, रामेश, मंजुल र अरिमसँगै अग्रिम मोर्चामा रहेर संगीत कर्ममा जुटेका थिए।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७८ भाद्र १०, १४: ३५

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७८ भाद्र १०, १४: ३५

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७८ भाद्र १०, १४: ३५

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...