जनगायक जेवी टुहुरेको निधनः आजै अन्त्येष्टि – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

जनगायक जेवी टुहुरेको निधनः आजै अन्त्येष्टि


काठमाडौं

जनगायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को आज निधन भएको छ। टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पताल बल्खुमा उपचारका क्रममा बिहीबार विहान निधन भएको हो।

भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएपनि मस्तिस्कमा रगत जमेको र हातखुट्टा नचलेका कारण १० देखि अचेत अवस्थामा उपचार भइरहेको थियो। मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन नसकेको पारिवारिक श्रोतले बतायो।


दोस्रो संविधानसभामा तत्कालिन नेकपा एमाओबादी केन्द्रको तर्फबाट सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि शव यात्रा गरिँदैछ।

को हुन् जेबी टुहुरे ?

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी सानैदेखि गीत गाउनमा पोख्त थिए। २०२१ मा पिता कृष्णबहादुर खड्गीको निधन पछि उनले आफ्नो पहिचान नै बदल्दै जेबी टुहुरे भनेर चिनिए।


२०२२ देखि नै वामपन्थी बिचारधाराप्रति झुकाव राख्ने टुहुरेले २०२४ सालदेखि प्रगतिशिल गीत भन्दै जनताका गीत गाउन थालेका थिए। उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई सुखकाे सँधै प्यासी बनेर’ भन्ने गीत निकै चर्तित र लोकप्रीय छ।

उनले गाएको अर्को गीत ‘बसाईं हिँडेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौंको लागि उजाड छ, यो देश मुठ्ठी त भरलाई स्वर्ग छ’ जस्ता कालजयी गीतका श्रष्टा टुहुरे समाजका हरेक शोषित पीडित समुदायको भावना र भोगाई प्रतिविम्वित हुने गीतहरु गाउँथे।

राजनीतिक रुपमा उनको आवद्धता २०४७ सालसम्म नेकपा माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो। दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार हुन्।


२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ। फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् । टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन्।


लामो समय मालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गरेका टुहुरे २०४० देखि ५०को दशकमा झापा, मोरङ, सुनसरी, मुलुकको पूर्वीपहाडी जिल्ला र राजधानी काठमाडौंका धेरै ठाउँमा सांस्कृतिक कार्यक्रम गरेर जन जनमा प्रीय र लोकसंगीतका पारखीको ढुकढुकी बनेका थिए।


जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए। टुहुरे, रामेश, मंजुल र अरिमसँगै अग्रिम मोर्चामा रहेर संगीत कर्ममा जुटेका थिए।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र १०, १४: ३५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र १०, १४: ३५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ भाद्र १०, १४: ३५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...