अतिवादी हमलाले उद्धार कार्य रोकिन्न : बाइडेन – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अतिवादी हमलाले उद्धार कार्य रोकिन्न : बाइडेन

एजेन्सी,

काबुल- अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा तालिवान हमलाका बाबजुद अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने बताएका छन्।

राजधानी काबुलममा जिहादीको बम हमलापछि बाइडेनले आफ्ना नागरिकको उद्धार कार्य जारी राखिने बताएका हुन्।

‘काबुलबाट हाम्रा नागरिकलाई स्वदेश फर्काउने अभियान हामीले पूरा गर्छौं’, बाइडेनले भने।

बिहीबार जिहादीले गरेको शक्तिशाली विस्फोटमा १३ अमेरिकी फौजसहित ६० जनाको मृत्यु भएको थियो। अमेरिका, बेलायतलगायतका मुलुकले काबुल विमानस्थलमा अतिबादी हमला हुन सक्ने सावधानी दर्शाइरहेका बेला अतिवादीले विस्फोट गराएका हुन्।

गत अगस्टमा तालिवानले सत्तापलट गरेपछि अहिलेसम्म १ लाख मानिस काबलु विमानस्थलबाट बाहिरिएका छन्। अझै हजारौं मानिस स्वदेश फर्किन काबुल विमानस्थलमा पालो कुरेर बसिरहेका छन्।

स्वदेश फर्किने विदेशी सेनासँगै देश छोड्न चाहने अफगानीका कारण काबुल विमानस्थल अस्तव्यबस्त बनेको छ। तालिवानले सर्वसाधरण नागरिकलाई विमानस्थलमा जान रोक लगाउँदै आएको छ।

पहिलो विस्फोट विमानस्थल प्रवेश गर्ने अबे गेटमा भएको थियो। त्यसको केही मिनेटपछि नजिकैको होटलमा अर्को विस्फोट भएको थियो। सो होटलमा बेलायती सेनासँगै लन्डन फर्किन चाहने अफगानी सर्वसाधरण बसेका थिए।

बिहीबारको हमलाको जिहादीले जिम्मा लिएका छन्। यसैबीच सो आक्रमणपछि राष्ट्रपति बाइडेनले जिहादीलाई क्षमा नदिने बताएका छन्।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७८ भाद्र ११, ०९: ३८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७८ भाद्र ११, ०९: ३८

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७८ भाद्र ११, ०९: ३८

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...