प्रदेश १का मुख्यमन्त्री आचार्यले तिवारी र साम्सोहाङलाई मन्त्री बनाए – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रदेश १का मुख्यमन्त्री आचार्यले तिवारी र साम्सोहाङलाई मन्त्री बनाए

विराटनगर – मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि भीम आचार्यले प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका छन्।

उनीहरूले प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन्। त्यस्तै अन्य थप दुई मन्त्रीको विषयमा भने छलफल भइरहे पनि निर्णय हुन सकेको छैन।

एमाले अध्यक्ष केपी शर्मा ओली निकटका मुख्यमन्त्री शेरधन राईले एमालेबाट बरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजबादी दललाई निर्वाचन आयोगले मान्यता दिएपछि राईले राजिनामा दिएर आचार्यलाई संसदीय दलको नेता बनाएका थिए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र ११, १७: ४४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र ११, १७: ४४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र ११, १७: ४४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...