
विराटनगर – मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि भीम आचार्यले प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका छन्।
उनीहरूले प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन्। त्यस्तै अन्य थप दुई मन्त्रीको विषयमा भने छलफल भइरहे पनि निर्णय हुन सकेको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओली निकटका मुख्यमन्त्री शेरधन राईले एमालेबाट बरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजबादी दललाई निर्वाचन आयोगले मान्यता दिएपछि राईले राजिनामा दिएर आचार्यलाई संसदीय दलको नेता बनाएका थिए।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...