
नयाँ विकल्प,
काठमाडौं – काठमाडौंको कुलेश्वर फलफूल बजारबाट स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काभ्रेको चौरीदेउराली गाउँपालिका ३ घर भई कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका १ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फलफूल व्यापारी मीनप्रसादले कुलेश्वर फलफूल बजारमा रहेको पसलमा हुण्डी कारोबार गर्छन् भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा सोही पसलमा काम गर्ने कर्मचारी रमेशले झोलामा राखेको ३० लाख ७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीको भनाइ छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...