एमालेबाट अलग भई एकीकृत समाजबादीमा लाग्ने यी हुन प्रदेश १ का सांसद – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

एमालेबाट अलग भई एकीकृत समाजबादीमा लाग्ने यी हुन प्रदेश १ का सांसद


बिराटनगर । प्रदेश नम्वर १ मा नेकपा (एमाले)का १० प्रदेश सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रबेश गरेका छन्।

९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा एमालेका एक सांसद फौजदारी अभियोगमा फरार भएपछि एमालेका ५१ सांसद थिए। तिमध्ये १० जना सांसदले एमालेबाट अलग भई नेकपा (एकीकृत समाजबादी)मा आज औपचारिक रुपमा प्रवेश गरेका हुन्।

नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा आबद्ध हुने प्रदेश १ का १० जना प्रदेश सभासदले बुधबार निर्वाचन आयोगको क्षेत्रिय कार्यालय विराटनगरमा गएर सनाखत गरेका हुन्।

यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन्।

एमालेबाट अलग भएर गठन भएको समाजवादी रोज्ने प्रदेश सभा सदस्यहरुको लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म सनाखत गर्ने समय तोकि दिएको थियो । १० प्रदेश सभासद्ले एकीकृत समाजबादीमा जाने भनी सनाखत गरेसँगै मुख्यमन्त्री भीमप्रसाद आचार्यको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ।

एमाले विभाजन भएसँगै आफू अल्पमतमा पर्ने देखेर मुख्यमन्त्री शेरधन राईले गत भदौ १० गते पदबाट राजिनामा दिएर पहिले माधव नेपाल समूहमा रहेका भीम आचार्यलाई मुख्य मन्त्री बनाउन सहयोग गरेका थिए। आचार्य एमाले परित्याग गर्ने पक्षमा नभएपछि उनी स्वतः अल्पमतमा परेका हुन्।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र १६, १७: २२

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र १६, १७: २२

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र १६, १७: २२

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...