अधिकार माग्दै महिलाहरुले गरेको प्रदर्शनमा तालिवानको हस्तक्षेप – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अधिकार माग्दै महिलाहरुले गरेको प्रदर्शनमा तालिवानको हस्तक्षेप

एजेन्सी,

काबुल- काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन्। तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए।

महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिवान लडाकूले टियर ग्याँस र पानीको छर्रा फालिदिएका थिए। महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिवानले आरोप लगाएको छ।

प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए। महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए।

उनीहरुले काम गर्न पाउने अधिकार र तालिवान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए।

तालिवानले छिट्टै नयाँ सरकार गठन गर्ने बताइरहेका छन्। तालिवानले महिलालाई सरकारका बिभिन्न अंगमा सहभागिताको अवसर दिने बताए पनि महिलामन्त्री नबनाउने बताउँदै आएका छन्।

यसअघि सन् १९६६ मा तालिवान सत्तामा हुँदा महिलाहरुलाई विभिन्न अधिकारबाट बञ्चित गरेकोले अहिले पनि महिला अधिकार कटौती हुन सक्ने चिन्ता अधिकारवादीहरुको छ। त्यतिबेला महिलालाई सम्पूर्ण शरीर ढाक्ने लुगा लगाउन बाध्य पार्नुका साथै सामान्य गल्तीमा पनि यातना दिन्थे।

त्यस्तै, तालिवानले १२ वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए।

‘२५ वर्षअघि तालिवानले मलाई विद्यालय जान रोकेका थिए,’ पत्रकार अजिता नाजिमी भन्छिन्, ‘उनीहरुको शासन समाप्त भएपछि मैले २५ वर्ष मिहिनेत गरेर अध्ययन गरेँ। महिलाले त्यस्तो दिन फेरि भोग्नु नपरोस।’

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७८ भाद्र २०, ०८: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७८ भाद्र २०, ०८: ५०

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७८ भाद्र २०, ०८: ५०

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...