५६ जिल्लाको वडा अधिवेशन उत्साहपूर्वक – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
नेपाली काँग्रेसको १४औं महाधिवेशन शुरु

५६ जिल्लाको वडा अधिवेशन उत्साहपूर्वक

काठमाडौं । नेपाली कांग्रेसको ५६ जिल्लाको क्रियाशिल सदस्यको नामावली पार्टीको आधिकारिक अनलाईन पोर्टल (वेब साईट)मा सार्वजनिक गरेसँगै भदौ १८, १९ र २० गते ति जिल्लाका सबै वडामा अधिवेशन उत्साहपूर्वक भएको छ ।

भदौ १८ गते देशभरका सबै जिल्लाको वडा अधिवेशन गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम सहमतिका आधारमा सर्वसम्मत रुपमा वडा इकाई सभापतिसहित वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि चयन शुक्रबार नै भएको थियो ।

सर्बसम्मत रुपमा वडासभापति सहित वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि चयन शुक्रबार नभएका वडाहरुमा भने भदौ १९ गते शनिबार र भदौ २० गते आईतबार प्रजातान्त्रिक तवरले निर्वाचन प्रक्रियाद्धारा कार्यसमिति र प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाका अधिकांस वडाको आइतबार नै अधिवेशन सम्पन्न भएको छ । केही जिल्लामा भने सोमबार र मंगलबार वडा अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी २१ जिल्लामा अधिवेशन अहिले निश्चित भएको छैन ।

कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया १८ भदौबाट शुरु भएको भनिए पनि २१ जिल्लाको वडा अधिवेशन भने केही दिन पर सर्ने भएको छ । कांग्रेसको निर्वाचन समितिले ति २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली अझै पनि पाएको छैन ।

सदस्यता छानबिन समितिले बिबाद निरुपण गर्न नसकेपछि पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र पदाधिकारीको सहमतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले वाँकी २१ जिल्लाको बिबाद समाधानको लागि दिन रात खटिएर काम गरिरहेको छ ।

छानबिन समितिका संयोजक सिटौला र सदस्यहरु डा. मिनेन्द्र रिजालव र रमेश लेखकले हाल क्रियाशिल सदस्यताको बिबाद भएका २१ जिल्लाको अधिकांस बिबाद मिलाए पनि उपसभपाति विमलेन्द्र निधीको प्रभाव रहेको प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्षाको बिबाद भने जटिल बन्दै गएको छ ।

त्यस्तै पूर्वमहामन्त्री प्रकाशनमा सिंहको गृह जिल्ला राजधानी काठमाडौंमा पनि सदस्यता बिबाद जटिल देखिएको छ । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको. गृह जिल्ला सिन्धुपाल्चोकको बिबाद समाधान पनि जटिल बनेको छानबिन समितिका एक सदस्यले बताए । वाकी ११ जिल्लाको सदस्यता बिबाद अन्तिम चरणमा पुगेको थाहा भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको सदस्यता भने सार्वजनिक गरेर ति जिल्लामा निर्वाचन अधिकृत तोक्दै निर्वाचन प्रक्रिया शुरु गरिसकेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ ।

२१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्नेमा भने केन्द्रीय निर्वाचन समितिले अहिले नै निर्णय गर्न सक्ने अवस्था छैन् । निर्वाचन अधिकृत तोकेर क्रियाशील सदस्यताको विवरण पठाइएका ५६ जिल्लामा मात्रै २३ भदौ अघि वडा अधिवेशन हुने निश्चित भएको छ । २१ जिल्लामा भने अब २३ गते अघि वडा अधिवेशन सम्भव नहुने निर्वाचन समितिका संयोजक महादेव यादव बताउँछन् ।

कांग्रेसले आफ्नो कार्यतालिकामा भने १८ भदौमा नै देशभरका ७७ वटै जिल्लामा रहेका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको थियो । हालसम्म ४० जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

क्रियाशील सदस्यताको विवादबारे छानविन गरिरहेको समितिमा रहेका नेता लेखकले अन्य दलबाट आएकाहरुका हकमा केही समस्या देखिएको र एक दुई दिनमा नै सदस्यताको विवरण बुझाइने जानकारी दिए ।

‘अन्य दलबाट समायोजन भएर आएका सदस्यतामा समस्या देखिएको छ, पहिले समायोजन हुँदा र अहिले आएका नाम मूल सूचीमा भिडाएर हेर्नु पर्ने हुँदा समय लाग्दैछ, करेक्सन गर्नुपर्ने पनि धेरै छन्, अब एक दुई दिनमा नै टुंगाउँछौं,’ नेता लेखकले भने ।

प्रदेश १ मा मोरङको सदस्यता सार्वजनिक भएको छैन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन भने कर्णाली प्रदेशको डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको क्रियाशील सदस्यता सार्वनिक हुन बाँकी छ ।

यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

निर्धारित कार्यतालिका अनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने कार्यतालिका रहेको छ ।

यसैगरी, नेपाली कांग्रेस झापाको ६४ वडामा सर्बसम्मत रुपमा अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकको वडा न २,४,५,६,७ मा वडा सभापति सहित क्षेत्रिय प्रतिनिधिहरु निर्बिरोध निर्बाचित भएका छन् भने दमक ३,८ र १०मा सभापति निर्बिरोध निर्बाचित भएका छन् ।-नयाँ बिकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र २१, १२: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र २१, १२: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र २१, १२: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...