
काठमाडौं । नेपाली कांग्रेसको ५६ जिल्लाको क्रियाशिल सदस्यको नामावली पार्टीको आधिकारिक अनलाईन पोर्टल (वेब साईट)मा सार्वजनिक गरेसँगै भदौ १८, १९ र २० गते ति जिल्लाका सबै वडामा अधिवेशन उत्साहपूर्वक भएको छ ।
भदौ १८ गते देशभरका सबै जिल्लाको वडा अधिवेशन गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम सहमतिका आधारमा सर्वसम्मत रुपमा वडा इकाई सभापतिसहित वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि चयन शुक्रबार नै भएको थियो ।
सर्बसम्मत रुपमा वडासभापति सहित वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि चयन शुक्रबार नभएका वडाहरुमा भने भदौ १९ गते शनिबार र भदौ २० गते आईतबार प्रजातान्त्रिक तवरले निर्वाचन प्रक्रियाद्धारा कार्यसमिति र प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाका अधिकांस वडाको आइतबार नै अधिवेशन सम्पन्न भएको छ । केही जिल्लामा भने सोमबार र मंगलबार वडा अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी २१ जिल्लामा अधिवेशन अहिले निश्चित भएको छैन ।
कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया १८ भदौबाट शुरु भएको भनिए पनि २१ जिल्लाको वडा अधिवेशन भने केही दिन पर सर्ने भएको छ । कांग्रेसको निर्वाचन समितिले ति २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली अझै पनि पाएको छैन ।
सदस्यता छानबिन समितिले बिबाद निरुपण गर्न नसकेपछि पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र पदाधिकारीको सहमतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले वाँकी २१ जिल्लाको बिबाद समाधानको लागि दिन रात खटिएर काम गरिरहेको छ ।
छानबिन समितिका संयोजक सिटौला र सदस्यहरु डा. मिनेन्द्र रिजालव र रमेश लेखकले हाल क्रियाशिल सदस्यताको बिबाद भएका २१ जिल्लाको अधिकांस बिबाद मिलाए पनि उपसभपाति विमलेन्द्र निधीको प्रभाव रहेको प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्षाको बिबाद भने जटिल बन्दै गएको छ ।
त्यस्तै पूर्वमहामन्त्री प्रकाशनमा सिंहको गृह जिल्ला राजधानी काठमाडौंमा पनि सदस्यता बिबाद जटिल देखिएको छ । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको. गृह जिल्ला सिन्धुपाल्चोकको बिबाद समाधान पनि जटिल बनेको छानबिन समितिका एक सदस्यले बताए । वाकी ११ जिल्लाको सदस्यता बिबाद अन्तिम चरणमा पुगेको थाहा भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको सदस्यता भने सार्वजनिक गरेर ति जिल्लामा निर्वाचन अधिकृत तोक्दै निर्वाचन प्रक्रिया शुरु गरिसकेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ ।
२१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्नेमा भने केन्द्रीय निर्वाचन समितिले अहिले नै निर्णय गर्न सक्ने अवस्था छैन् । निर्वाचन अधिकृत तोकेर क्रियाशील सदस्यताको विवरण पठाइएका ५६ जिल्लामा मात्रै २३ भदौ अघि वडा अधिवेशन हुने निश्चित भएको छ । २१ जिल्लामा भने अब २३ गते अघि वडा अधिवेशन सम्भव नहुने निर्वाचन समितिका संयोजक महादेव यादव बताउँछन् ।
कांग्रेसले आफ्नो कार्यतालिकामा भने १८ भदौमा नै देशभरका ७७ वटै जिल्लामा रहेका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको थियो । हालसम्म ४० जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
क्रियाशील सदस्यताको विवादबारे छानविन गरिरहेको समितिमा रहेका नेता लेखकले अन्य दलबाट आएकाहरुका हकमा केही समस्या देखिएको र एक दुई दिनमा नै सदस्यताको विवरण बुझाइने जानकारी दिए ।
‘अन्य दलबाट समायोजन भएर आएका सदस्यतामा समस्या देखिएको छ, पहिले समायोजन हुँदा र अहिले आएका नाम मूल सूचीमा भिडाएर हेर्नु पर्ने हुँदा समय लाग्दैछ, करेक्सन गर्नुपर्ने पनि धेरै छन्, अब एक दुई दिनमा नै टुंगाउँछौं,’ नेता लेखकले भने ।
प्रदेश १ मा मोरङको सदस्यता सार्वजनिक भएको छैन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन भने कर्णाली प्रदेशको डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको क्रियाशील सदस्यता सार्वनिक हुन बाँकी छ ।
यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।
निर्धारित कार्यतालिका अनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने कार्यतालिका रहेको छ ।
यसैगरी, नेपाली कांग्रेस झापाको ६४ वडामा सर्बसम्मत रुपमा अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकको वडा न २,४,५,६,७ मा वडा सभापति सहित क्षेत्रिय प्रतिनिधिहरु निर्बिरोध निर्बाचित भएका छन् भने दमक ३,८ र १०मा सभापति निर्बिरोध निर्बाचित भएका छन् ।-नयाँ बिकल्प साप्ताहिकबाट
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...