मोदी भदौ १४ मा नेपाल आउँदै – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

मोदी भदौ १४ मा नेपाल आउँदै

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् । चौथो पटक नेपाल आउन लागेका उनी आगामी भदौ १४ गते नेपाल आउने कार्यसूची रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

 

भारतीय प्रधानमन्त्री मोदी भदौ १४ र १५ गते नेपालमा हुने चौथो विमस्टेक बैठकमा सहभागि हुन नेपाल आउन लागेका हुन । यस पटकको भ्रमणका क्रममा मोदी पोखरा तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुग्ने योजना रहेको बताइएको छ ।

यसअघिको भ्रमणमा मुस्ताङबाट पोखरा फर्कने कार्ययोजना भएपनि समय अभावका कारण मोदी पोखरा जान सकेका थिएनन् । यसपटकको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पशुपति क्षेत्र विकास कोष परिसरमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने कार्यसूची पनि राखिएको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको नेपाल अध्यक्ष राष्ट्र हो । यो संगठनमा भारत, वंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान सदस्य राष्ट्र रहेका छन् ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७५ श्रावण २१, ११: ३८

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७५ श्रावण २१, ११: ३८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७५ श्रावण २१, ११: ३८

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...