प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको : प्रधानमन्त्री – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको : प्रधानमन्त्री

नयाँ विकल्प,

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको नेकपा एमाले पार्टी फुटाउन संलग्न भएको भन्दै प्रतिपक्ष दल एमालेले आइतवार पनि प्रतिनिधि सभा बैठक चल्न दिएन ।

संसद् बैठक लगातार अवरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् बैठक सुरु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे ।

पत्रकारहरुसँग ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद् चलाउनु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । उनले त्यसको जवाफ दिँदै सङ्क्षेपमा भने, ‘ओलीजीलाई सोध्नु’ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

अब अर्को बैठक आउँदो भदौ २९ गते मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र २७, १९: ५५

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र २७, १९: ५५

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र २७, १९: ५५

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...