
नयाँ विकल्प,
काठमाडौं – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र अहङ्कारवादविरुद्ध लड्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै नेपालको कम्युनिस्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहङ्कारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लड्नुपर्ने बताएका हुन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतवार काठमाडौंमा विमोचन गर्दै उनले नेपालको कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभइ ‘जनतादेखि जनतासम्म’को अभियान सञ्चालन गर्नुपर्ने उलने बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...