
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पौडेलले देउवाद्वारा सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका केही वडा अधिवेशनहरू आफूहरुलाई मान्य नहुने पौडेलको चेतावनी समेत दिए।
‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ, हामी यसलाई मान्दैनौँ। त्यसरी धाँधलीका प्रपञ्च रच्न, सत्ता र शक्तिको दुरुपयोग गर्न कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन’, पौडेलले भने, ‘कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीको चुनावलाई अपवित्र पार्ने र साथीहरुलाई पाखा लगाउने काम भएको छ, त्यसको हामी घोर विरोध गर्छौं।’
सभापति देउवाले देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर पार्टी कब्जा गर्ने दुस्हासलाई आफूहरुले पुरा हुन नदिने पौडेलले बताए। आफू पक्षधर नेता,कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै पौडेलले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्नु पर्नेमा जोड दिए।
सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको पौडेलको आरोप थियो।
भिडियाे लिङ्क
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...