देउवाले सत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप (भिडियाे) – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

देउवाले सत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप (भिडियाे)

फायल फाेटाे


काठमाडौं ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पौडेलले देउवाद्वारा सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका केही वडा अधिवेशनहरू आफूहरुलाई मान्य नहुने पौडेलको चेतावनी समेत दिए।

‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ, हामी यसलाई मान्दैनौँ। त्यसरी धाँधलीका प्रपञ्च रच्न, सत्ता र शक्तिको दुरुपयोग गर्न कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन’, पौडेलले भने, ‘कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीको चुनावलाई अपवित्र पार्ने र साथीहरुलाई पाखा लगाउने काम भएको छ, त्यसको हामी घोर विरोध गर्छौं।’

सभापति देउवाले देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर पार्टी कब्जा गर्ने दुस्हासलाई आफूहरुले पुरा हुन नदिने पौडेलले बताए। आफू पक्षधर नेता,कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै पौडेलले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको पौडेलको आरोप थियो।

भिडियाे लिङ्क

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ भाद्र २८, १६: १४

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ भाद्र २८, १६: १४

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र २८, १६: १४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...