
नयाँ विकल्प,
काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली चयन भएका छन् ।
संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए । यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् ।
यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
संघको अन्य सदस्यहरूमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...