
नयाँ विकल्प,
काठमाडौं – चर्चित कलाकार दीपकराज गिरी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका छन् ।
कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् ।
दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो ।
भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो ।
गिरी यसमा होष्टको रुपमा देखिनेछन् ।
‘क्राइम पेट्रोल नेपाल ’होष्टसहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ ।
जसको संयोजकमा सम्पदा मल्ल रहेकी छन् भने श्रृंखलाको निर्देशनमा विशाल भण्डारी, अस्कर कलेजका विद्यार्थीहरु लगायत रहेका छन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...