सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटीले समस्या भएको अर्थ मन्त्री शर्माको भनाइ – Naya Bikalpa
May 13, 2024, Monday

सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटीले समस्या भएको अर्थ मन्त्री शर्माको भनाइ


नयाँ विकल्प,

काठमाडौं – अर्थ मन्त्री जनार्दन शर्माले कोभिड–१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित बनाएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा देशमा वित्तीय सुशासन र दिगो विकास लक्ष्यका अवस्थाबारे जानकारी दिँदै उनले अहिले सिर्जना भएको परिस्थिति सामना गर्न विकास लक्ष्य एवम् योजनामा ठूलो सुधारकोे चुनौती र आवश्यकता रहेको बताए ।

अर्थ मन्त्री शर्माले विकास रणनीति, लक्ष्य निर्माण एवम् कार्यान्वयन आफैँमा अन्तरविरोधी भएको बताएका छन् ।

सरकार र मन्त्री परिवर्तन भएसँगै योजना र नीति फेरिँदै जाने परिपाटी सबैभन्दा ठूलो समस्या निम्तिएको बताएका छन् ।

संविधानअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गरेको समाजवादोन्मुख अर्थतन्त्र कस्तो हो भन्ने चित्र नै नरहेको उल्लेख गर्दै उनले संविधानमा उल्लेख गरेको विषय हाम्रा योजना र कार्यक्रमा नसमेटिएको बताए ।

सम्बन्धित समाचार

शंकरदेवमा क्याम्पस  प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
शंकरदेवमा क्याम्पस प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
  • २०७८ आश्विन १९, २०: ५५

काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।...

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०७८ आश्विन १९, २०: ५५

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०७८ आश्विन १९, २०: ५५

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...