विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने – Naya Bikalpa
April 28, 2024, Sunday

विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने

नयाँ विकल्प,

काठमाडौ. – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनले सन् २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा नेपालले तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको हो ।

यसअघि नेपालको आर्थिक वृद्धि दर अघिल्लो वर्षको भन्दा सुधार नहुने जनाएको विश्व बैंकले नेपालमा कोरोनाविरुद्धको खोपको उपलब्धता, रेमिट्यान्स र पर्यटन क्षेत्रमा देखिएको सुधारको सङ्केतले आर्थिक वृद्धि दर पनि बढ्न सक्ने अनुमान गरेको हो ।

गएको वर्ष नेपालले जम्मा एक दशमलव आठ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको विश्व बैंकको भनाइ छ ।

चालु आर्थिक वर्ष नेपाल सरकारले भने सात प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको छ ।

दक्षिण एसियाली देशहरूमा यो वर्ष औसतमा सात दशमलव एक प्रतिशत आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ ।

सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत, भारतको साढे सात र बङ्गलादेशको ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघमा शुद्धिकरण जरुरी
पत्रकार महासंघमा शुद्धिकरण जरुरी
  • २०७८ आश्विन २१, २१: ३७

काठमाडौं। आमसंचार माध्यममा क्रियाशिल संचारकर्मीहरुको साझा संगठन नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको सरोकारवालाहरुले जनाएका छन्। नेपाल पत्रकार महासंघ...

नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
  • २०७८ आश्विन २१, २१: ३७

काठमाडौं। नेपालमा जलविद्युत् मात्रै नभएर हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादन संसारकै सस्तो भएकाले यसमै लगानी र प्रयोगमा जोड...

किसान महासंघद्वारा शुभकामना कार्यक्रम
किसान महासंघद्वारा शुभकामना कार्यक्रम
  • २०७८ आश्विन २१, २१: ३७

काठमाडौं । नेपाल किसान महासङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ वर्ष २०८१को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।...