
नयाँ विकल्प,
काठमाडौं – शनिबार फरक फरक ठाउँमा सडक दुर्घटनामा परि दुई जनाले मृत्यु भएको छ ।
आज संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर २ चेवामा प्रदेश १–०२–००३ त १२ २४ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा चालक मणि तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाँदबारी नगरपालिका वडा नम्बर ५ लेलुवा घर भएका २५ वर्षका तामाङको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ज्यान गएको हो ।
सहचालक महेन्द्र तामाङलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
यस्तै, आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा जीपको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
रुपनी गाउँपालिका–६ का तुलसी चौधरीका १० वर्षका छोरा सुशीलको ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
ना २ च ३७५४ नम्बरको जीपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...