
नयाँ विकल्प,
स्याङ्जा – स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
केहीबेर अगाडि भएको दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
दुर्घटनामा गल्याङ नगरपालिका ९ का ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप उकालोमा ब्रेक फेल भएर जीप झण्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...
काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...
काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...